१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दमक नगरपालिका-५ का २५ बर्षीय कन्हैयाकुमार सहनीलाई फागुन २० गते १२ बर्ष कैद सजाय भएको छ ।
झापा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलाशले आरोपितलाई कैद सजायका साथै पाँच लाख रुपियाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिनु भयो ।
पीडितलाई ०८० चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत २२ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई चैत २२ गते घरबाट गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत २२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा भएका थियो ।
आरोपितविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ०८० वैशाख १४ गते जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलाशको आदेशअनुसार ०८१ वैशाख १६ गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि