१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ फागुन २० गतेको इजलासले दोषी ठहर गर्दै बालकलाई ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
पीडित बालिकालाई बालकले ०८० फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो । आरोपितलाई प्रहरीले ०८१ फागुन ६ गते गिरफ्तार गरेको थियो ।