INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ३ वर्ष ७ महिना कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भारत उत्तर प्रदेश श्रावस्तीका ४३ वर्षीय नेतराम कश्यवलाई ३ वर्ष ७ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ फागनु २२ गतेको इजालसले कसुर ठहर गर्दै ३ वर्ष ७ महिना कैद सजाय, १ लाख ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

युवतीलाई ०८० चैत्र ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १ गते इलाका प्रहरी कार्यालय, बगनाहामा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई वैशाख १ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो