१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सङ्खुवासभाको मादी नगरपालिका-४ का ३० वर्षीय अशोक भन्ने गिरीराज चौहानलाई फागुन २१ गते १८ वर्ष कैद सजायको फैसला भएको छ ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यापको इजलासले आरोपितलाई १८ वर्ष कैद सजायका साथै सात लाख रुपियाँ जरिवाना तिराउने र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको अदालतले जनाएको छ ।
बालिकालाई २०८० माघ १७ गते बलात्कार गरेको भनी पीडित पक्षले आरोपितविरुद्ध २०८० फागुन १ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । आरोपित २०८० फागुन २ गते गिरफ्तार भएका थिए । बालिकाको फागुन १ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भएको थियो ।
जिल्ला अदालतमा २०८० फागुन १० गते अभियोग पत्र दायर भएकोमा आरोपित फागुन ११ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको अदालतका इजलास अधिकृत अरुण मेहताले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७