पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट मङ्सिर ११ गते मोरङका दुई ठाउँमा आठ ओटा बम फेला परेका छन् । विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला परेका हुन् ।
विराटनगर-४ स्थित हाम्रो अस्पताल प्रा.ली नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो डिस्पोज गरेको छ । बम विराटनगर विमानस्थल प्रवेश गर्ने मुख्य गेटबाट करिब १ सय मिटर दक्षिणमा फेला परेको हो ।
त्यस्तै केरावारी गाउपालिका-९ देवीझोडास्थित जङ्गलमा लुकाएर राखेको अवस्थामा सात ओटा सकेट बम फेला परेको छ ।
बम शक्तिशाली रहेपनि बेलैमा थाहा पाएका कारण विष्फोट भएर कुनै क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामजी कटुवालले बताए ।
उनले टिनको बाकस भित्र लुकाएर राखेको अवस्थामा जङ्गलमा बम फेला परेको र डिस्पोज गरिएको बताए । बम कसले राखेको हो भन्नेबारे केही खुल्न नसकेको मोरङका एसपी अरूणकुमार विसीले बताए ।