जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाकी १७ वर्षीया बलिकालाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय विवेक मण्डलविरुद्ध पीडित पक्षले २०८१ फागुन १६ गते अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिनुभएको छ ।
पीडित पक्षका अनुसार फागुन १५ गते खेतमा घाँस काटेको विषयमा विवाद हुँदा आरोपितले कुटपिट गरेको हो । कुटपिटका कारण पीडित बालिकाको दाहिने हात भाँचिएको पीडित पक्षले बताउनु भयो । पीडितको स्वास्थ्य उपचार स्थानीय रामबती जगदेव हस्पिटलमा भयो ।
उजुरी पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी कुर्थाका असइ जुगल चौधरीले जानकारी दिनुभयो ।