INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले बगाएका योजना मर्मत नहुँदा खानेपानीको अभाव

वर्षाको कारण ०८१ भदौ ८ र ९ गतेको आएको बाढी पहिरोले बगाएका खानेपानी योजना मर्मत नहुँदा दोरम्बा शैलुङ गाउँपालिकाका स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

बाढी पहिरोले सो गाउँपालिकाको वडा नं १, २, ३, ५ र ६ का १ सय भन्दा बढी खानेपानी योजनामा क्षति पुर्याएको गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले जानकारी दिनुभयो  । क्षति भएका मध्ये केही खानेपानी योजना मर्मत गरी सञ्चालनमा ल्याइएका भए पनि अधिकांश योजना मर्मत हुन सकेका छैनन् ।

Photo3-Ramechhap-20811119

बाढी पहिरोले धेरै खानेपानी योजनाका मुहान बगाएको छ । कतिपय योजनाका पाइप लाइन बगाएको छ । खानेपानी योजना मर्मतको काम नहुँदा उपभोक्तालाई समस्या परको दोरम्बा गाउँपालिका–२ का उद्धव कँडेलले बताउनुभयो ।

‘हिउँद लागेपछि साना मुहान पनि सुकेका छन्, खानेपानीका योजना नबन्दा पानीको अभाव सुरु भएको छ, पानी बोक्न खोला र पँधेरा धाउनु पर्ने बाध्यता सुरु भएको छ’, कँडेलले भन्नु भयो ।

खानेपानीका धेरै योजनामा अकल्पनीय क्षति भएकाले योजना मर्मत गर्न गाउँपालिकासँग बजेट नहुँदा ती काम अघि बढ्न नसकिएको सूचना अधिकारी पाठकले बताउनुभयो । यसले हिउँदमा स्थानीयले पानीको ठूलो अभाव झेल्न बाध्य भएका छन् ।

Photo2-Ramechhap-20811119

अन्य

भिडियो