INSEC Online

📅 २०८३ जेष्ठ २१

बुहारीको हत्या गरेको आरोपमा ससुराविरूद्ध उजुरी

जनकपुर उमनपा-२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या गरेको आरोपमा ५६ वर्षीय ससुरा देवनारायण ठाकुर विरूद्ध पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

मङ्सिर ९ गते बिहान घरमा रञ्जना मृत अवस्थामा फेला परेपछि प्रहरीले मृतकका ससुरा ठाकुरलाई अनुसन्धानको लागि सोही दिन गिरफ्तार गरिसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मुक्तिनाथ सापकोटाले बताए ।

रञ्जनाका पति पोखरामा नोकरीमा रहेको र उनी जनकपुरमा सासूससुरासँग बसेर विएस्सी नर्सिङ गर्दै थिइन् ।

रञ्जनालाई पटकपटक यौन शोषण गर्ने गरेकोले पछिल्लोपटक बलात्कार गरी हत्या गरेको स्थानीयको आरोप छ ।

शवको पोष्टमार्टम जनकपुर अञ्चल अस्पतालमा गरिएको छ । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट देखिएमा घटनाको बास्तविक तथ्य बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो