माण्डवी गाउपालिका–२ का ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको ०८१ फागुन ९ गते हत्या गरेको आरोपमा माण्डवी गाँउपालिका–२ का ३४ वर्षीय पंकज परियारलाई प्रहरीले ०८१ फागुन ११ गते गिरफ्तार गरेको छ ।
पति पत्नीलाई राति सुतेको समयमा घरमा आरोपित पसी ढुङ्गा फुटाउने घनले दुवै जनालाई हानि हत्या गरेको र अरोपितहलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले बताउनु भयो । पुरानो रिसइबीका कारण हत्या गरेको इन्स्पेक्टर केसीले बताउनु भयो । आरोपितविरुद्ध पीडितका आफन्तले ०८१ फागुन ११ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम ०८१ फागुन ११ गते जिल्ला अस्पताल, बिजुवारमा गरी परिवारको जिम्मा लगाएको छ ।