INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेको आरोपमा उजुरी दर्ता

रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ३७ वर्षीय मधुप्रसाद घिमिरेमाथि फागुन ५ गते रोहिणी गाउँपालिका–२ का अध्यक्ष करम हुसेन खानले कार्यपालिका बैठकमै कुटपिट गरेको पीडितको आरोप छ ।

कुटपिटबाट घिमिरे सामान्य घाइते हुनुभएको छ । विगत एक महिना अगाडि शिक्षा समिति पुर्नर गठनको विषयलाई लिएर वडाअध्यक्ष खानले फोनमा धम्काउँदै आएको र फागुन ५ गते बसेको कार्यपालिका बैठकमा शिक्षा समिति पुर्नर गठनका विषयमा स्पष्टीकरण मागेको र कार्यपालिका बैठकले उपलब्ध गराएमो समयमा बोल्ने क्रममा वडा अध्यक्ष खानले झापट हानेको इन्सेकसँगको कुराकानीमा पीडित घिमिरेले बताउनु भयो ।

फागुन ५ गते बसेको कार्यपालिकाको बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख घिमिरेलाई बैठकमा आमन्त्रित गरिएको थियो । घटनाका विषयमा रोहिणी गाउँपालिका अध्यक्ष विद्या यादवले कार्यपालिकाको बैठकमै कर्मचारीमाथि हातपात गर्नु गैरकानुनी भएको भन्दै यस्ता घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना नदोहोरिउन भन्नका लागि कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताउनु भयो । शिक्षा ऐन खारेज गर्नुपर्छ भन्दै शिक्षाको गम्भीरतालाई नबुझेर यस्तो कार्य गरेको भन्दै अध्यक्ष यादवले कर्मचारी र जनप्रतिनिधिले सहकार्य गर्नुपर्नेमा कर्मचारीमाथि हातपात गर्नु दुखद भएको भन्दै यस्ता गतिविधिले कर्मचारीहरूको मनोवल घट्ने बताउँदै कारवाहीको माग गरेको बताउनु भयो ।

शाखा प्रमुख पीडित घिमिरेका अनुसार एक महिना अगाडि पुर्नर गठन भएको शिक्षा समितिका विषयमा आफू विदामा बसेको समयमा फोन गरेर किन समिति पुर्नर गठन गरेको हो । भन्दै गाली गलौज र धम्काएर अव कार्यालय फर्कनु पर्दैन र उत्रैबाट कता जाने हो जानु भनेको र फागुन ५ गते कार्यपालिकाको बैठकमा समिति सन्दर्भमा बोल्नको लागि समय दिएको बेला एक्कासी आएर आफूमाथि आक्रमण गरेको बताउनु भयो । बोल्दै थिए एक झापड हान्नुभयो । गाउँपालिकाका अध्यक्ष लगायत अन्य कार्यपालिकाका सदस्यहरूले न छेक्नुभएको भए सायद मेरो अवस्था के हुन्थ्यो मनिल स्वरमा बताउनु भयो । ‘यदि कानुन विपरित कार्य गरेको भए कानुनी बाटो अपनाउन सकिन्थ्यो । यसरी आक्रमणमा एउटा कर्मचारीले कसरी काम गर्न सक्छ ? मेरो मानव अधिकारको हनन भयो’ – उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले कार्यपालिका बैठकमै शिक्षा प्रमुखलाई शिक्षा समितिको पुर्नर गठनको विषयलाई लिएर धक्का मुक्की भएको बताउनु भयो । घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा फागुन ५ गते उजुरी दिएको उहाँले बताउनु भयो । घटनाका विषयलाई लिएर कर्मचारीहरूद्वारा फागुन ५ गते नै विज्ञप्तिमा जारी गरी फागुन ५ गते सवा १२ बजेदेखि रोहिणी गाउँपालिका रुपन्देही कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागीता जनाएको बेला वडा अध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरूलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।

यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । ‘कार्याहित भौतिक आक्रमण गरी घिमिरेलाई घाइते बनाएको घटनाप्रति गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गम्भीर ध्यानाकर्षण बनाएको जनाएका छन् । कर्मचारीहरूमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य भएको भन्दै सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरू यस निदनीय कार्यको घोर भत्र्सना गर्दछौँ’ – विज्ञप्तीमा भनिएको छ । कर्मचारीहरूले घटनाको दोषी उपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढङ्गले कार्यालयका कामहरू सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौँ’ – विज्ञप्तिमा उल्लेख छ ।

घटनाका विषयमा आरोपित रोहिणी गाउँपालिका–२ का अध्यक्ष करम हुसेन खानले भने गाउँ शिक्षा समिति एकलौटी रुपमा पुर्नगठन गरिएपछि बैठकमा शिक्षा शाखा प्रमुखलाई बोलाएर यसबारे स्पष्ट पार्न आग्रह गरिएकोमा उहाँले नै आफूमाथि दुर्व्यवहार गरेकाले प्रतिवाद गरेको इन्सेकसँगको कुराकानीमा बताउनु भयो । वडा अध्यक्ष करम खान नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । घटनाका विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले घटनाका विषयमा उजुरी प्राप्त भएकोले घटनाका विषयमा अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाउनका लागि प्रहरीलाई निर्देशन गरेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार घटनाका विषयमा फागुन ६ गते अभद्र व्यवहार सम्बन्धी कसुरमा उजुरी दर्ता भएको र घटनाका विषयमा कारवाही अगाडि भढाइ अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो