INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का कारागारका एक कैदीद्वारा आत्महत्या

रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागामामा कैद भुक्तान गरिरहेका वर्जु गाउँपालिका-५ का ४० वर्षीय प्रदीप यादवले कारागारभित्र झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ ।

यादवले ०८१ फागुन ३ गते मध्यराति झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जानकारी दिएको भएपनि यादवका ६३ वर्षीय बाबु राजाराम यादवले कारागारभित्र छोराको हत्या भएको बताउनु भयो ।

मानसिक समस्याको औषधि सेवन गरिरहेका यादवले आत्महत्या गरेको कारागारका सहायक जेलर राम थापाले बताउनु भयो ।

पत्नी हत्याको आरोपमा १० वर्ष कैद भुक्तानका लागि ०७४ सालदेखि झुम्का कारागारमा रहेका यादव मानसिक समस्याको बिरामी भएको र सोही कारणले आत्महत्या गरेको हुन सक्ने सहायक जेलर थापाले बताउनु भयो ।

पीडित पक्षले फागुन ४ गते शव बुझ्ने तयारी गरेको छ ।

अन्य

भिडियो