INSEC Online

📅 २०८३ जेष्ठ २१

आठबीसकोट नगरपालिकामा तोडफोड

आठबीसकोट नगरपालिकामा ०८१ माघ २८ गते तोडफोड भएको छ । स्थानीय सरकारको आर्थिक प्रशासन शाखामा तोडफोड लगाएत कर्मचारीलाई अभद्र व्यवहार र गालिगौज गरेको भन्दै सेवा प्रवाह ठप्प गरिएको हो । जनप्रतिनिधि, उपभोक्ता समिति, निर्माण व्यवासयीहरू आर्थिक प्रशासन शाखामा प्रवेश गरी अभद्र व्यवहार गालि गलौज गर्नुका साथै शाखामा रहेका सामाग्रीहरू तोडफोड गरेपछि नगरपालिकामा कार्यरत कर्मचारीले संयुक्त विज्ञप्ति मार्फत घटनाको विवरण सार्वजनिक गरेका थिए ।

नगरपालिकाको आर्थिक प्रशासन शाखामा रहेका अभिलेख, श्रेस्ता कागजात, टेवल, दराज तोडफोड गरी क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले पालिका भित्रका सडक मर्मतका योजनाहरूको भुक्तानीमा असन्तुष्ट व्यक्तिले आर्थिक प्रशासन शाखा तोडफोड गरेको बताउनु भयो ।

योजना अनुगमन समितिले तयार गरेको प्रतिवेदनमा उल्लेखित टिप्पणीको विषयलाई भुक्तानी प्रक्रियामा रहेका कामलाई प्रभाव दवाव दिने गलत कार्य गरेको बताउनु भयो । नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीको संयोजकत्वमा रहेको अनुगमन समितिले ग्रामीण सडक मर्मतको काम पुरा नभएकाले ४० प्रतिशत रकम भुक्तानी गर्ने टिप्पणी भएपछि योजना मर्मतमा सहभागी केही जनप्रतिनिधि निर्माण व्यवसायी, उपभोक्ता समितिका व्यक्ति निराश बनेपछि माघ २८ गते लेखा शाखामा तोडफोड गरेका हुन् ।

सेवा प्रवाहमा समस्या भए वार्ता, गुनासो गरी समाधान नभए कानुनी प्रक्रियामा गइ समस्या समाधान गर्नुको सट्टा कार्यालय तोडफोड गर्नु गैर जिम्मेवार व्यवहार गरेको अराजक गतिविधिम संलग्न व्यक्तिलाई कारवाहीको माग कर्मचारीले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । नगरपालिका तोडफोड गरेपछि सुरक्षित रुपमा काम गर्ने अवस्था नहुँदा सबै शाखा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।

अन्य

भिडियो