INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारका एक बन्दीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागारमा बन्दी रहेका रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसन टुडु सतारको उपचारका क्रममा माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

अचानक रिङ्गाटा लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि माघ २६ गते कोशी अस्पलातमा उपचारका लागि भर्ना गरिएका सतारको उपचारको क्रममा माघ २९ गते दिउँसो मृत्यु भएको कारागारका जेलर गौरव ढुङ्गेलले बताउनु भयो ।

बलात्कार मुद्दामा जिल्ला अदालतले किसनलाई ०८१ साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मृतकको शव कोशी अस्पतालको शव गृहमा राखिएको र परिवारका सदस्य सम्पर्कमा आएपछि जिम्मा लगाइने जेलर ढुङ्गेलले बताउनु भएको छ ।

हाल कारागारमा आश्रित बालबालिका चार, महिला ९७ जना र पुरूष ९ सय ८४ गरी १ हजार ८५ जनालाई राखिएको छ ।

अन्य

भिडियो