INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार चेतराज पन्तले बताउनु भयो ।

पीडित बालिकालाई २०८१ असोज १८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १८ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जवरजस्तीकरणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको कात्तिक १३ गतेको आदेशमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८१ असोज १८ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

अन्य

भिडियो