INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्नेचौताराका ३७ वर्षीय खगेन्द्र अधिकारीलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको ०८१ माघ २१ गतेको इजलासले दोषी ठहर गर्दै अधिकारीलाई नौ वर्ष कैद सजाय र ३ लाख ५० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार उपसचिव मल्लले जानकारी दिनुभयो ।

अधिकारीले ०८० कात्तिक ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते जिल्ला अस्पतालमा भएको थियो । प्रहरीले अधिकारीलाई कात्तिक १४ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो