पातारासी गाउँपालिकामा नुनको डिपो नहुँदा अधिकांश नागरिकलाई सास्ती भएको छ । गाउँपालिकादेखि बजार टाढा र भौगोलिक विकटताका कारणले गाउँपालिकामा नुनको डिपो नहुँदा गाउँपालिकाका नागरिकलाई सास्ती भएको हो ।
पाँच प्याकेट नुन पाउनका लागि एक दिन भरी गाडीको यात्रा गर्नु पर्ने बाध्यता रहेको पातारासी–४, लाम्रीका रामबहादुर बुढाले बताउनु भयो । उहाँले भन्नुभयो – ‘खाने नुनका लागि सदरमुकाम जुम्ला बजार आउन एक दिनको भाडा आउन र जानको लागि १ हजार १ सय रुपियाँ गाडी भाडा तिरेर सदरमुकाम जुम्ला बजारको नुन डिपोमा पुग्नु पर्ने बाध्यता रहेको छ ।’
आउन र जान १ हजार १ सय रुपियाँ गाडी भाडा खर्च गरेर ४५ रुपियाँको नुन लिएर गाउँ फर्किनु पर्ने उहाँले बताउनु भयो । बुढा जस्तै समस्या पातारासी गाउँपालिका–२, पेरेगाउँकी बुद्कली ऐडीको पनि समस्य उस्तै रहेको छ । पातारासीमा नुनको डिपो स्थापना गर्नका लागि बारम्बार माग गर्दा पनि सुनुवाई नभएको स्थानीय तथा नेकपा माओवादी केन्द्र पातारासी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर बुढाले गुनासो गर्नुभयो । १ सयदेखि ३ सय रुपियाँसम्म भाडा लाग्ने गरेको उहाँले बताउनु भयो ।
जुम्ला बजार आएपछि पहुँचका आधारमा हुने भएकाले समस्या नेकपा माओवादी केन्द्र पातारासी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार पातारासीमा १ देखि ७ नम्बर वडा सम्म रहेका छन् । पातारासीका झण्डै २० हजार नागरिकले नुनको डिपो स्थापनाका लागि पहल गरेको उहाँको भनाइ छ । अध्यक्ष बुढाका अनुसार नुनको डिपो स्थापनाका लागि सङ्कलन समेत गरिए पनि कार्यन्वयन भएको छैन ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार माग पत्र पेश र आपूर्ति मन्त्रालयबाट स्वीकृत भइ साल्ट ट्रेनिङ कर्पाेरेसन हेड अफिस कालिमाटी काठमाडौँमा रोकिएको र बजेट सुनिश्चितता नहुँदा ढुवानीमा समस्या भइरहेको रहेको छ ।