INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

राजपुर गाउँपालिका–१ की ३७ वर्षीया बसन्ती घर्तीको रड प्रहार गरी हत्या गरेको कसुरमा पति ३८ वर्षीय गणेश घर्तीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको माघ १९ गतेको इजलासले दोषी ठहर गर्दै घर्तीलाई १० वर्ष कैद सजाय र १ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले बताउनु भयो ।

घरायसी विवादका कारण पत्नीलाई घर्तीले साउन १३ गते राति घरमै सुतिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो । शवको पोष्टमार्टम साउन १४ गते लमही अस्पतालमा, लमहीमा भएको थियो ।

अन्य

भिडियो