INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचानवादीहरूलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान

कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा  आउन आह्वान गरेको छ।

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको ०८१ माघ १५ गतेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रुपमा वार्ताको आव्हान गरेको हो ।

ताप्लेजुङ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडी बढीरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टी जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलेबताउनु भयो  ।

“असन्तुष्ट पक्षहरुसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रुपमा वार्ताको लागि आव्हान गर्दछ”  कानुन मन्त्री भण्डारीले भन्नु भयो ।

प्रदेश सरकारले ०८१  मङ्सिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री  रेवती रमण भण्डारी र र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो ।

पाथीभरा क्षेत्रमा आन्दोलनरत पक्षले वार्तामा बस्ने वा नबस्ने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अन्य

भिडियो