INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

फक्ताङलुङ गाउँपालिका-२ की ५६ वर्षीया सुकुमाया लिम्बूलाई घरायसी विवादका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले ५७ वर्षीय देवर विष्णुकुमार लिम्बूलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले माघ १४ गते काठको आग्लो प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोहित शर्माले बताउनु भयो ।

पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्य

भिडियो