INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

धनुषाधम नगरपालिका-५ दक्षिनबारी टोल पर्वता की २७ वर्षीया संगीता ठाकुरको ०८१ माघ १२ गते हत्या गरेको आरोपमा निजका पति ३३ वर्षीय देवलाल ठाकुरलाई माघ १३ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

पति पत्नीबीच विवाद हुँदा आरोपित पतिले पत्नीको टाउकोमा आग्लो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध मृतककी छोरीले माघ १३ गते इलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर गणेश खनालले जानकारी दिनुभयो ।

शवलाई माघ १३ गते पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधा लगिएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर  खनालले जानकारी दिनुभयो ।

अन्य

भिडियो