INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको आयोजना बन्द भएपछि उपभोक्ताले शुद्ध खानेपानीको अभाव झेल्दै !

राजापुर नगरपालिका–४ मा रहेको राजापुर खानेपानी आयोजना आर्थिक अभावको कारण बन्द भएपछि उपभोक्ताले शुद्ध खानेपानीको अभाव झेल्नु परेको छ ।

खानेपानीको आयोजना बन्दै भएसँग सो खानेपानी आयोजनाबाट लाभान्वित एक सय ९७ घरधुरी शुद्ध खानेपानीको पहुँच बाहिर हुनु परेको छ । खानेपानीका लागि पालिका अझै पनि चापाकलमा निर्भर रहनु पर्ने बाध्यता रहेको छ । ९७.५० प्रतिशत घरधुरी सुरक्षित शुद्ध खानेपानीको पहुँच बाहिर रहेको खानेपानी तथा सरसफाइ कार्यालय बर्दिया प्राविधिक छविलाल बास्तोलाले जानकारी दिनुभयो ।

राजापुर नगरपालिका–४ प्रहरी टोलका ४६ वर्षीय शिवमणी शर्माले दुई वर्ष अगाडीबाट खानेपानीमा समस्या आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘खानेपानी आयोजना सञ्चालन गरी शुद्ध खानेपानीको व्यवस्थापन गर्न सरोकारवाला निकाय कुनैले चासो नदिएको छैनन् । राज्यको करोडौँ लगानी गरेको आयोजना अलपत्र परेको अवस्था रहेको छ । आयोजना सञ्चालन हुन नसक्दा उपभोक्ता खानेपानीको पहुँच बाहिर रहनु परेको छ । सुरक्षित खानेपानीको व्यवस्थापन गर्नका उपभोक्ता समिति र नजिकको स्थानीय सरकारले पहल कदमी दिन र स्थानीय सुरक्षित खानेपानीका व्यवस्थापन मिलाउन जरुरी रहेको छ ।’ खानेपानी आयोजनाका अध्यक्ष नेत्र सोतीले खानेपानी आयोजनाबाट पानी निकाल्ने काम रोकिएको एक वर्ष भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘उपभोक्ता समितिले आयोजना सञ्चालन गर्न नसक्ने भएपछि आयोजना सञ्चालनको जिम्मा पालिकालाई लिन आग्रह गरे पनि पालिकाले खासै चाँसो देखाएको छैन् । आयोजनाको रेखदेख गर्ने र आयोजना सञ्चालन गर्ने जिम्मा सङ्घीय सरकार भएको पनि खासै चासो देखाएको छैन । उपभोक्ता समिति बजेट छैन । खानेपानीको पाइप लाइनहरू पुरानो भएकोले पुरा फेर्नु पर्ने भएको छ ।’

राजापुर नगरपालिका–४ का वडा अध्यक्ष विदुर पोख्रेलले खानेपानी आयोजना पुरानो भएकोले पानी धमिलो र खिया लागेको आउने गरेको बताउनु भयो । उहाँले स्थानीय तहसँग भएको रकमले आयोजना सञ्चालनको लागि नपुग्ने भएको हुँदा स्थानीय तहले विद्युत महशुल पालिकाले तिर्ने गरेको जानकारी गराउनुभयो ।

अन्य

भिडियो