जिरी नगरपालिका–२ का ६१ बर्षीय होम्बा तमाङलाई पुस २८ गते हत्या गरेको आरोपमा सोही नगरपालिका–२ का ६६ वर्षीय धनबहादुर तामाङ, ६१ वर्षीया गङ्गामाया तामाङ र वडा नम्वर ४ को ५२ वर्षिय शान्ता जिरेललाई पुस २९ गते प्रहरीले गिरफ्तार गर्यो ।
घरमा एक्लै बस्दै आएका तामाङ पुस २८ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले पुस २९ गते हत्या गरेको आशङ्कामा इलाका प्रहरी कार्यालय, जिरीमा हत्या गरेको उजुरी दिएका थिए ।
तामाङको हत्यामा उनीहरुको संलग्नता देखिएकाले तीनै जनालाई गिरफ्तार गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।
मृतकको लाश जिरी अस्पतालमा पोष्टमार्टम गरी पुस २९ गते परिवारलाई जिम्मा लगाइको छ ।