२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रत्ननगर नगरपालिका-४ का ४२ वर्षीय इन्द्र बिकलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई माघ ३ गते बलात्कार प्रयास गरेको भनी माघ ४ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ४ गते भरतपुर अस्पतालमा गरिएको छ ।