INSEC Online

📅 २०८३ जेष्ठ २१

बगलुङमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन, इन्सेक सदस्यमा चयन

बागलुङमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ । पुस २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो ।

सञ्जालको सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख असइ श्रद्धा कवर रहनु भएको छ ।

सञ्जालको सदस्यमा जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा समिर आचार्य, गैरसरकारी संस्था महासङ्घ बागलुङका अध्यक्ष मुत्तिराम सापकोटा, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा, शिक्षा क्षेत्रका तर्फबाट दौपदी कँडेल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्त, उच्च अदालत बार एशोशियसन बागलुङका लक्ष्मी बास्कोटा, उद्योग वणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेल, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्य, पम्फा किसान, शान्ति ज्ञवाली, सामुदायिक प्रहरी सेवा केन्द्रका दुर्गा बहादुर आचार्य र लिलादेवी खड्का रहनु भएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्यसञ्चालन विधि २०७८ लाई आधार मानेर सञ्जाल गठन गरिएको हो । सञ्जाल गठनपछि बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले समाजमा दिन प्रतिदिन बढ्दै गएका हिंसा न्यूनिकरण, पीडितलाई न्यायको प्रत्याभूति, मनोवैज्ञानिक सल्लाह सुझाव र आत्मविश्वास जगाउनका लागि सञ्जालले काम गर्नुपर्ने बताउनु भएको छ ।

अन्य

भिडियो