स्थानीय तहहरूले वितरण गरने सामाजिक सुरक्षा भत्ता बैङ्कबाट मात्र वितरण हुँदा अपाङ्ग भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई सास्ती हुने गरेको छ ।
प्यूठान नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताको रकम कतिपय वडाहरूको बैङ्कहरूबाट मात्र वितरण गर्ने गरेका छन् तीन तीन महिनामा वितरण गर्ने भत्ता आफूहरू दुई घण्टाको पैदल दुरी हिँडी बैङ्कमा गइ बुझ्दा समस्या भएको प्यूठान नगरपालिका—३ की ७५ वर्षीया बिस्नाकुमारी खडकाले गुनासो गर्नुभयो । आफै असक्त त्यसमा पनि यातायातको पहुँच नहुँदा जसोतसो बैङ्क पुगेको एकै समयमा भत्ता वितरण हुँदा लाइनमा बस्नु पर्ने लगाएतका समस्या रहेको प्यूठान नगरपालिका—३ का ७८ वर्षीय रामबहादुर खडकाले बताउनु भयो ।
आफैमा अपाङ्ग भएको कारणले अरुको साहारमा बैङ्क पुगी रकम बुझ्दा समस्या भोगेको प्यूठान नगरपालिका—३ का ३५ वर्षीय दृस्टी बिहिन टङ्क विकले गुनासो गर्नुभयो । वडा कार्यालयहरूले आफूजस्ता अपाङ्ग भएका व्यक्तिहरूलाई घरमा लगि सामाजिक सुरक्षा भत्ता विरण गरे राम्रो हुने बताउनु भयो ।
अपाङ्ग , ज्येष्ठ र असक्त भएका नागरिहरुले पाउने समाजिक सुरक्षा रकम उनिहरुको एका घर परिवारलाई लाई वडा कार्यालयको सिफारीसमा र अन्य पहिचान खुल्ने कागजात सहित बैक वाट दिने बातावरण बनाएको र अहिले घरमा गयी दिन नसकिएको प्यूठान नगरपालिका का प्रवत्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो । यस विषयमा नगरपालिकामा छलफल भएको र बैङ्कहरूसँग छलफल गरी आगामि दिनहरूमा घरमा पुगि वितरण गर्ने सोँच भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जिल्लाका केही स्थानीय तहरूका वडाहरूले अपाङ्ग, ज्येष्ठ र असक्तलाई उनीहरूको घरमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरे पनि धेरै वडामा बैङ्कहरूले नमान्दा सबै बैङ्कहरूमा पुगि बुझ्ने गरेको स्थानीय तहहरूले जानाएका छन् ।