शुक्लागन्डकी नपा–१ काटेपिपलकी ४१ वर्षीया पार्वती बिकलाई अचानोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति डिलबहादुर सुनारलाई पुस २६ गते गिरफ्तार गरेको छ ।
पार्वतीलाई सुनारले सामान्य घरायसी विवादको क्रममा हत्या गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण थापाले बताउनु भयो । इन्स्पेक्टर थापाले पार्वतीको मृत्यु घटनास्थलमै भएको बताउनु भयो ।
शव पोष्टमार्टमको लागि दमौली अस्पताल पठाइएको र आरोपितलाई अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।