१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका-२ का ५७ वर्षीय हरिबहादुर लिम्बूविरूद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व पुस २२ गते उजुरी दिएको इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।
पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २२ गते गरिएको छ ।