कटहरिया नगरपालिका-१ की २२ वर्षीया शारदा देवी महत्तोको हत्या गरेको आरोपमा निजका जेठाजु ५२ वर्षीय जितन महत्तो नुनियालाई ०८१ पुस १९ गते जिल्ला प्रहरी कार्यालय गौरले गिरफ्तार गरेको छ ।
पीडित र आरोपितबीच ०६५ पुस २४ गते भएको घरायसी विवादको क्रममा आरोपितले कुटपिट गरी हत्या गरेको थियो । हत्यापश्चात आरोपित शव बेपत्ता पारी फरार भएका थिए ।
आरोपितविरुद्ध ०६५ पुस २४ गते मृतकका पतिले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिनुभएको थियो ।
अनुसन्धान गर्ने क्रममा शव पुस २७ गते खेतमा गाडेको अवस्थामा फेला पारेको थियो । शवको पोष्टमार्टम ०६५ पुस २७ गते जिल्ला जिल्ला अस्पताल (हालको प्रादेशिक) गौरमा भएको थियो ।
हत्या आरोपित नुनियालाई गिरफ्तार गरी जिल्लामा अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडिको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशङ्कर गुप्ताले जानकारी दिनुभयो ।