INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ०८१ पुस २० गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएका राईको उपचारका क्रममा मृत्यु भएकोे कारागारका जेलर गौरव ढुङ्गेलले बताउनु भयो ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएका र नियमित औषधि सेवन गरिरहेका राईको उपचारका क्रममा मृत्यु भएको जेलर ढुङ्गेलले बताउनु भयो ।
जिल्ला अदालत मोरङले राईविरुद्ध हाडनाता करणी शीर्षकमा १४ वर्ष कैद सजायको फैसला गरेको थियो ।

राईले ०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने थियो । सजाय भुक्तानकै क्रममा उपचारका क्रममा मृत्यु भएको जेल ढुङ्गेलले बताउनु भयो ।

राईको शव कोशी अस्पतालको शवगृहमा राखिएको र परिवारका सदस्यले पुस २१ गते बुझ्ने जेलर ढुङ्गेलले बताउनु भएको छ ।

अन्य

भिडियो