INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बढैयाताल गाउँपालिका–६ का ५२ वर्षीय ढाकाराम त्रिपाठीलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ पुस १६ गतेको इजालसले कसुर ठहर गर्दै तीन महिना कैद सजाय, ५ हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

बालिकालाई ०८० चैत १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत्र २२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत्र २२ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो