१६ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र सोही ठाउँका ३३ वर्षीय धुर्व जोशीलाई ०८१ पुस १४ गते गिरफ्तार गरेको छ ।
भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक रहेको नहर छेउमा साथीसँग हिडिरहेकी बालिकालाई आफूहरु प्रहरीभएको भन्दै आरोपितहरुले ०८१ पुस १३ गते बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलमा राखेर अपहरण गरेको सूचना प्राप्त भएपछि आरोपितहरुको खोजी गर्दै जाँदा आरोपितहरुलाई बसन्तपुरबाट गिरफ्तार गरिएको र बालिकाको पनि सोही स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।
घटनामा संलग्न व्यक्तिहरुले प्रयोग गरेको मोटरसाइकल सहित गिरफ्तार गरिएका आरोपित विरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूर अन्तर्गत जिल्ला अदालत, कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताउनु भयो ।