INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा आठ महिना कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ४३ वर्षीय सानो हजुरबुबालाई आठ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस ९ गतेको इजालसले कसुर ठहर गर्दै आठ महिना कैद सजाय, २५ हजार रुपियाँ जरिबाना, १० हजार रुपियाँ क्षतिपूर्ति र ४ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

बालिकालाई ०८० भदौ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत्र २१ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई चैत्र २१ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत्र २१ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो