INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

न्यूज व्यूरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका-५ का ३० वर्षीय विनयकुमार यादवको हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५५ वर्षीय सुशील यादव, २६ वर्षीय वीरेन्द्र यादव, २३ वर्षीय धिरेन्द्र यादव र ३२ वर्षीय ललन भनिने लक्ष्मीनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले ०८१ पुष ९ गते जिल्ला अदालत धनुषाबाट गिरफ्तार गरेको छ।

पीडित पत्रकार विनयकुमार यादवको वैशाख ११ गते हत्या भएको थियो । आरोपितहरू विरुद्ध पीडित पक्षले वैशाख ‌११ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भएको थियो ।

शवको पोष्टमार्टम वैशाख १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरुण प्रसाद सिंहले आरोपिहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको बताउनु भयाे ।

अन्य

भिडियो