मानव अधिकार सञ्जाल तनहुँको संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई चयन हुनु भएको छ । तनहुँमा क्रियाशील मानव अधिकारसँग सम्बन्धित सङ्घसंस्थाहरुको पुस ५ गते दमौलीमा भएको भेलाले इन्सेक प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार सञ्जालको पुनर्गठन गरेको हो ।
सञ्जालको सदस्यहरुमा गैरसरकारी संस्था महासङ्घ, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार एलायन्स, गैरसरकारी संस्था समन्वय समिति, नेपाल पत्रकार महासङ्घ, संयुक्त दलित उत्थान मञ्च, तनहुँ सहयोगी समूह, एकीकृत महिला समूह, एकल महिला समाज, रिसेड, सह्रदयी मञ्च, नेपाल बार एसोसियसन, काहुराष्ट, नेपाल मानव अधिकार सङ्गठन, ग्रामीण सशक्तिकरण समाज, सेतो गुराँस बाल विकास सेवा, क्रियाशील पत्रकार महिला, सञ्चारिका समूह, आदिवासी जनजाती महासङ्घ, जिल्ला बाल सञ्जाल, मानव अधिकार तथा कैदीबन्दी सरोकार समाज रहेका छन् ।
उक्त भेलाले सञ्जालमा आवद्ध हुन बाँकी रहेका सङ्घ संस्थाहरुसँग समन्वय गरी सञ्जाललाई अझ विस्तार गर्ने तथा मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सामुहिक धारणा बनाएर सामुहिक आवाज उठाउने निर्णय भएको सञ्जालकी सदस्य तथा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कल्पना पौडेलले बताउनु भयो ।