२४ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको कसूरमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–२ का ४१ वर्षीय राजेन्द्र शाहीलाई ०८१ पुस ३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५० हजार जरिवाना र २९ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी कमल घलेले बताउनु भयो ।
पीडितलाई आरोपितले प्रलोभनमा पारी बाजुरादेखि भारत तर्फ लैलादै गर्दा ०८० पुस २३ गते त्रिनगरभन्सार सिमानामा सोधपुछको क्र्रममा पीडितले आफूलाई भारत लैजान लागेको भन्दै आरोपित विरुद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजरी दिनु भएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।