INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक खकुरेल सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै पोखरामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ ।

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम)को समन्वयमा गरिएको कार्यक्रममा पुस ३ गते खकुरेललाई सम्मान गरिएको हो ।

photo20241218kaski

मानव अधिकारको संरक्षण र प्रवर्धनमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई प्रमाणपत्र र फूलमालासहित सम्मानित गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले खकुरेललाई प्रमाणपत्र र फुलमालाले सम्मान गर्नु भएको हो ।

‘मानव जीवनकै अत्यन्त गहन विषय मानव अधिकार जस्तो महत्वपूर्ण क्षेत्रमा ३० वर्ष व्यतित गरिसक्नुभएको उहाँ (शिवप्रसाद खकुरेल) लाई सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यस क्षेत्रमा उहाँले खेल्नुभएको भूमिकाले समुदाय सकारात्मक दिशातर्फ अगाडि बढेको कुराको पनि हामी मुक्तकण्ठले प्रशंसा गदर्छौं ।’- सम्मान पत्रमा उल्लेख छ ।

अन्य

भिडियो