INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्धको अभियानमा सचेतना कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश सरकारको आयोजना तथा इन्सेक लगायतका सङ्घसंस्थाको समन्वय र व्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा मङ्सिर २५ गते प्रभातफेरीसँगै सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा पोखरा महानगरपालिकाको सिदार्थचोकबाट निकालिएको प्रभातफेरी सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

photo20241210kaski (1)

राष्ट्रिय मानव अधिकार आयोगसहित गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले महिला हिंसा विरुद्धको अभियानलाई प्रदेश सरकारले अपनत्व लिएर सचेत गराउने काम भएको बताउनु भयो । ‘सरकार आफूले चाहेर मात्र समाजबाट यस्ता विभेद अन्त्य हुँदैन । कमिकमजोरीलाई औल्याउँदै यस्ता विभेद समाजबाट हटाउनुपर्छ ।’-मुख्यमन्त्री पाण्डेले भन्नु भयो ।

लैङ्गिक हिंसा विरुद्धको अभियानकी संयोजक विना सिल्वालले अझै पनि समाजबाट विभेद अन्त्य नभएको बतायनु भयो । यस्तो अवस्थाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने उहाँको भनाइ थियो । सचेतना मूलक कार्यक्रमले लैङ्गिक हिंसा न्यूनिकरण हुने उहाँको विश्वास छ ।

photo20241210kaski (2)

मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गड्तौलाले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिनमात्र नभएर ३ सय ६५ दिन चल्ने बताउनु भयो । ‘१६ दिन मात्र होइन यो अभियान सधैँ जारी हुन्छ । हिंसामा परेकालाई सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’-उहाँले भन्नु भयो । हिंसा समाजबाट एकैपटक अन्त्य नहुने पनि उहाँले बताउनु भयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले हिंसासम्बन्धी मुद्दाको फैसला छिटो हुनुपर्ने बताउनु भयो । हिंसा न्यूनिकरणका लागि प्रदेश सरकारले पनि प्रत्येक वर्ष सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

photo20241210kaski (4)

अन्य

भिडियो