INSEC Online

📅 २०८३ जेष्ठ २१

जग्गा नहुँदा घिरिङमा बन्न सकेन आधारभुत अस्पताल

घिरिङ गाउँपालिकामा हालसम्म आधारभुत अस्पताल निर्माण हुन सकेको छैन । अस्पताल निर्माणका लागि जग्गा प्राप्ति नभएका कारण अस्पताल भवन निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनु भयो ।

तनहुँका अन्य नौ ओटा स्थानीय तहमा आधारभुत अस्पताल निर्माण भइरहेपनि घिरिङमा भने जग्गा नहुँदा अहिलेसम्म अस्पताल निर्माण हुन नसकेको हो ।

सरकारले ०७७ मङ्सिर १५ गते देशभरका ३ सय ९६ स्थानीय तहमा कम्तीमा पाँच शैयाको आधारभुत अस्पताल निर्माण गर्ने घोषणा गरी एकैसाथ डिजिटल माध्यमबाट शिलान्याश गरेको थियो । सोही अनुसार बजेट समेत बिनियोजन गरेपनि घिरिङमा भने हालसम्म अस्पताल निर्माण सुरु हुन सकेको छैन ।

आधारभुत अस्पताल नहुँदा सानोसानो स्वास्थ्यसम्बन्धी समस्या हुँदा घिरिङबासीलाई भिमाद, शुक्लागण्डकी नगरपालिकास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र र पोखरासम्म जानु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दा इन्द्रबहादुर थापाले बताउनु भयो ।

 

अन्य

भिडियो