INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफतार

२३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् मुसिकोट नगरपालिका–७, वामीका ४५ वर्षीय कृष्णप्रसाद सापकोटालाई प्रहरीले ०८१ मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।

आफूलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ३० गते उजुरी दिनुभयो । उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोख्रेलले जानकारी दिनुभयो ।

पीडितले आफूलाई निरन्तर चार वर्षदेखि क्याम्पस प्रमुखले यौन दुर्व्यवहार गरेको बताउनु भयो । रुद्रावती बहुमुखी क्याम्पस, मुसिकोटको स्वतन्त्र विद्यार्थी युनियनले मङ्सिर ३० गते विज्ञप्ति मार्फत चर्को विरोध गर्दै क्याम्पस प्रशासनले कुनै चासो नदिएकोले पीडितकै गुनासोको आधारमा बाध्य भएर न्यायको पक्षमा आफूहरू उभिएको जनाएको छ ।

अन्य

भिडियो