INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजपुर गाउँपालिका–५ का निरञ्जनकुमार यादवलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २८ गतेको इजलासले दोषी ठहर गर्दै यादवलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

यादवले ०८१ वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो । प्रहरीले यादवलाई वैशाख ३१ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो