INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासको प्रतिकार गरेकी युवतीको हत्या, आरोपित गिरफ्तार

बारपाक सुलिकोट गाउँपालिका-१ बारपाककी १८ वर्षीया सुचिना घलेलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय मन सम्जेर गुरुङलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

मङ्सिर १५ गते बारपाकस्थित मैखर्क जङ्गलमा घाँस काट्न गएकी घलेलाई आरोपितले बलत्कार प्रयास गरेको समयमा पीडितले प्रतिकार गरेपछि आरोपितले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बासुदेव पाठकले बताउनु भयो ।

आरोपितले हत्या गरी शव खाल्डो खनेर पुरेको पनि खुल्न आएको उहाँले बताउनु भयो । घलेको शव मङ्सिर १८ गते खाल्डो भित्र पुरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले आरोपितविरुद्ध मङ्सिर २४ गते कर्तब्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएको छ । शवको पोष्टामार्टम मङसिर १९ गते त्रिवि शिक्षण अस्पताल काठमाडौमा गरिएको छ ।

अन्य

भिडियो