झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया ज्येष्ठ नागरिक फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा फुलमायाको ०८१ मङ्सिर २२ गते फरूवा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ का २४ वर्षीय अशोक यादवलाई मङ्सिर २३ गते गिरफ्तार गरेको हो ।
ज्येष्ठ नागरिकको हत्या भएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितद्वयलाई अनुसन्धानका लागि झापा गाउँपालिका-७ मदरगाछबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।
शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा मङ्सिर २२ गते गरिएको छ । पीडित पक्षले सोही दिन शव बुझी विरिङ खोलामा सद्गत गरेको छ ।