१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-११ का ४४ वर्षीय जयप्रताप कुमाललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरेको भनी मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते भरतपुर अस्पतालमा गरिएको छ ।