INSEC Online

📅 २०८३ जेष्ठ २१

मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम जारी

जोमसोममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम सुरु भएको छ । नोभेम्बर २५ मा जिल्ला प्रशासन कार्यालय मुस्ताङ, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालयको आयोजना तथा इन्सेकको समन्वयमा औपचारिक कार्यक्रमको सुरुआत भएको हो ।

photo20241127mustang (1)

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक विभेदमा शुन्य सहनशिलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नारा सहितको ब्यानर लिएको टोलीले प्रभातफेरी गरी जोमसोम बजार परिक्रमापछि सभामा परिणत भएको थियो ।

photo20241127mustang (2)

उक्त कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सुर्यबहादुर बोगटी, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगर, नारायणदल गण जोमसोम मुस्ताङका सेनानी विशाल थापा, सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मका कार्यालय प्रमुख सशस्त्र प्रहरीका डिएसपी मणिकर्ण राई लगायतको सहभागिता रहेको थियो ।

photo20241127mustang (3)

प्रभातफेरीमा मुस्ताङ जिल्लामा रहेका सरकारी कार्यालय तथा सङ्घसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको प्रभातफेरी सोही ठाउँमा आएर अन्त्य भएको थियो ।

photo20241127mustang (4)

त्यस्तै दोश्रो दिन पनि घरपझोङ गाउँपालिका–४ मा रहेको धौलागिरी बोर्डिङ स्कुलमा कक्षा ७ र ९ मा अध्यनरत ५३ जना विद्यार्थीहरूलाई डिएसपी बोगटीले लैङ्गिक र घरेलु हिंसासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको छ । हिंसा के हो र यसमा परेपछि गर्न सकिने कानुनी उपचारका बारेमा सहजीकरण गर्नुभएको थियो ।

photo20241127mustang (6)

अन्य

भिडियो