१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको ०८१ मङ्सिर ११ गतेको इजलासले बालकलाई ६ वर्ष ६ महिना कैद सजाय, ३ लाख ३३ हजार ३ सय रुपियाँ जरिबाना र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
बालिकालाई ०८० फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । प्रहरीले बालकलाई फागुन २ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो ।