अछाम जिल्ला मंगलसैन नगरपालिका–३ की एक वर्षीया बालिका गिता साउदलाई हत्या गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई ०८१ मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।
बालिकाको ०७१ मङ्सिर २ गते हत्या गरेको भन्दै बालिकाकी आमाले आरोपित विरुद्ध सोही दिन मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्रसिंह ठकुन्नाले बताउनु भयो ।
आरोपित बोहराले ०८१ भदौ २२ गते अछाम जिल्ला मंगलसैन नगरपालिका–३ का प्रेम साउदकी पत्नी मनकली साउदलाई भगाएर विवाह गरेको र मनकलासँगै उहाँकी एक वर्षीया छोरी गितालाई पनि साथमा लिएर आएका स्थानीय कलक बोहराले बताउनु भयो ।
मदिरा सेवन गरेर आएका बोहरा र पत्नी मनकलाको पारिवारिक बिबाद भएपछि आक्रोसमा आएका बोहराले सौतेली छोरी गितालाई पनि कुटपिट गरी हत्या गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको इन्स्पेक्टर ठकुन्नाले बताउनु भयो ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल, बझाङमा राखिएको छ ।