INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका-१० भैैंसीपङ्खाकी ३८ वर्षीया सरिता राईको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति लक्ष्मीकुमार राईलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ मङ्सिर २ गते खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनाले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा मङ्सिर ३ गते गरिएको छ ।

अन्य

भिडियो