१३, १५ र १६ वर्षीया बालिकाहरूलाई बेचबिखन गर्न भारत लैजाँदै गरेको आरोपमा लहान नपा-३ का ३५ वर्षीय विजय महतोलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले बालिकाहरूलाई भारतको दिल्लीमा रोजगारी लगाइदिने भनी फकाएर कात्तिक २६ गते राति १० बजे मोटरसाइकलमा राखी लहान-१ स्थित बसस्टैण्डमा लगी भारत लैजान गाडी पखर्दैँ गर्दा एक बालिकाका दाइले देखेका थिए ।
उनीहरूलाई घर फर्कन आग्रह गर्दा आरोपितसहित उनका साथीहरूले पीडित बालिकाका दाइलाई कुटपिट गरिरहेको देखेर गस्तिमा रहेको प्रहरीले उद्धार गरी घर पठाएको थियो ।
बालिकाहरूलाई ललाईफकाई बेच्न लगेको आरोपमा पीडित परिवारले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा कात्तिक २८ गते उजुरी दिएको थियो ।