INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नीको घाँटी रेटेर हत्या, आरोपित गिरफ्तार

बोदे बरसाइन नपा-३ स्थित गौराकी ३८ वर्षीया ललितादेवी यादवको घाँटी रेटेर ४२ वर्षीय पति जयप्रकाश यादवले कात्तिक २८ गते हत्या गरेको आरोप छ ।

धान काट्न आफ्नो खेत गएकी ललिताको हातबाट हँसिया खोसेर आरोपित यादवले घाँटी रेटेर ललिताको टाउको अलग गरिदिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

हत्यापछि भागेर घर पुगेका आरोपितलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको एसपी सिंहले जानकारी दिए ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरीले शवको पोष्टमार्टमका लागि लहानस्थित  रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएको जनाएको छ ।

अन्य

भिडियो