INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य डिपो र विक्री केन्द्रमा बल्ल चामल ढुवानी सुरू

उत्तरी गोरखामा चालु आर्थिक वर्षको कोटा अनुसार ढुवानी गर्नुपर्ने चामल बल्ल पठाउन थालिएको छ । चुमनुव्री गाउँपालिका–३ को सिर्दिवास डिपो, वडा नम्वर ४ को नामरुङ विक्री केन्द्रमा कात्तिक तेस्रो साताबाट चामल ढुवानी सुरू भएको हो । वडा नम्वर ६ को चुम्लिङ विक्री केन्द्रमा चामल ढुवानीको तयारीकै क्रममा छ ।

फिलिम र नामरुङमा १ सय ३०/१ सय ३० क्वीन्टल चामल ढुवानी गरिएको छ । सिर्दिवास डिपोमा गत आर्थिक वर्ष ढुवानी भएर मौज्दात रहेको ३ सय क्वीन्टल चामल दशैँ, तिहारलाई लक्षित गरी विक्री गरिएको थियो । नामरुङ र चुम्लिङमा भने विक्री केन्द्र मात्र रहेकाले ढुवानी भएपछि मात्र विक्री हुँदै आएको छ ।

समयमै चामल ढुवानी नहुँदा नामरुङ र चुम्लिीङ विक्री केन्द्रबाट चामल खरिद गर्ने उपभोक्ताले बजारकै चामल खरिद गर्दै आएको चुम्चेतका सिरबहादुर गुरुङले बताउनु भयो । ‘खाद्यको चामल भए केही सस्तो पर्थ्यो । विक्री केन्द्रमा ल्याउने र बेच्ने हो । खाद्यकै चामल लिन कि एक दिन लगाएर सिर्दिवास जानुपर्‍यो । त्यो भन्दा खच्चडबाट आएको बजारकै चामल किन्यौँ ।’–उहाँले भन्नु भयो ।

यसवर्ष चुमनुव्री गाउँपालिका–३ फिलिमको डिपोमा दुइ हजार, चमनुव्री गाउँपालिका–४ नामरुङ र वडा नम्वर ६ को चुम्लिङको विक्री केन्द्रमा ७ सय ५०/७ सय ५० क्वीन्टल चामलको कोटा स्वीकृत भएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका सूचना अधिकारी शिव सुनारले जानकारी दिनु भयो ।

ठेक्का प्रक्रियाको ढिलाइले चामल ढुवानीमा पनि ढिलाइ भएको कम्पनीले जनाएको छ । यो वर्ष छुट्याइएको कोटा अनुसारको चामल क्रमश ढुवानी गरिने कम्पनीले जनाएको छ ।

अन्य

भिडियो